चितवन २ मा रवि लामिछाने तीन वर्षमा तीन पटक विजयी
२३ फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । ५४ हजार ४०२ मतसहित लामिछाने तेस्रो पटक सांसदमा विजयी हुनुभएको हो । यहाँ यसअघि ५४ हजार १७६ मत सहित विजयी हुनुभएको थियो । योसँगै लामिछाने तीन वर्षमा तेस्रो पटक एकै क्षेत्रबाट सांसदमा विजयी हुनुभएको छ ।

दोस्रो हुनुभएको नेपाली कांग्रेसका मिनकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभयो । एमालेका अस्मिन घिमिरेले ६ हजार ९४२ र नेकपाका प्रताप गुरूङको चार हजार ९६९ प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १०:२७










