भक्तपुर १ को नेमकिपाको किल्ला ढल्यो, रास्वपाका रुकेश रन्जित विजयी
२३ फागुन, काठमाडाैँ । भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन् ।

रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा सुवालले २८ हजार १४७ मत पाए । नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत ल्याए ।
प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार ०९:०५










