नुवाकोट १ मा रास्वपाका डा विक्रम तिमल्सिनाको निरन्तर अग्रता
२३ फागुन, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ रास्वपाका डा विक्रम तिमल्सिनाले निरन्तर अग्रता कायम गरिरहनुभएको छ । उहाँले ५१७४ मतसहित अग्रता कायम गरिरहनुभएको छ ।
नेपाली कांग्रेसका डा प्रकाशशरण महतले ३८१९ मतसहित दोस्रो हुनुभएको छ । त्यस्तै नेकपाका हितबहादुर तामाङ ३२१० मतसहित तेस्रो हुनुहुन्छ । एमालेका बद्री मैनाली २३८० मतसहित चाैथो हुनुहुन्छ भने उज्यालो नेपालका उम्मेदवार ११३७ मतसहित पाँचाै हुनुहुन्छ ।
प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार ०७:३३








