काठमाडाैँको सिनामंगलमा बसको ठक्करबाट सोलुखुम्बुका पदमबहादुर कार्कीको मृत्यु
२८ माघ, काठमाडाैँ । काठमाडाैँको सिनामङ्गलमा बसको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । सोमबार बिहान ६ बजे बा ३ ख ७० ५७ नम्बरको बसले बाटोमा हिडिरहेको बेलामा ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामङगल बस्दै आएका पदमबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्करबाट घाइते भएका कार्कीको काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति : २८ माघ २०७५, सोमबार ०९:२७












