धनकुटामा श्रम संस्कृतिका उम्मेदवारको अग्रता कायमै
२२ फागुन, धनकुटा । मतान्तर घटे पनि धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता कायमै छ । आज साँझ ५ः३० बजेसम्मको गणनामा श्रम संस्कृति पार्टीको अग्रता ८५० रहे पनि राति ८ः०० बजेको मत परिणामअनुसार उक्त मत अन्तर घटेर १६७ मतमा झरेको हो ।
हालसम्म गणना भएको ११ हजार ८८० मतमा श्रम संस्कृति पार्टीका सानबहादुर राईले तीन हजार ९७२ र एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले तीन हजार ७०५ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा नेपाली कांग्रेसका दिनेश राईले दुई हजार २३८, रास्वपाका दिनेश भण्डारीले ५५६, राप्रपाले ११६ तथा जसपा नेपालले १११ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले जानकारी दिनुभयो ।
हालसम्म ८३५ मत बदर भएको छ । निर्वाचनमा प्रतिनिधिसभाका लागि तीन स्वत्रन्त्र र १४ दलसहित जम्मा १७ जनाको सहभागिता रहेको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार २२:४७










