नुवाकोट २ः बेलकोटगढी सकिँदा ४५३९ मतसहित रास्वपाको अग्रता
२२ फागुन, नुवाकोट । नुवाकोट २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा अच्युतम लामिछानेले ४५३९ मतको अग्रता कायम गर्नुभएको छ । उहाँले बेलकोटगढी नगरपालिकाको मतगणना सम्पन्न हुँदा ८९५८ मत प्राप्त गर्नुभएको छ। रास्वपाले बेलकोटगढीको १३ वटा वडामा मतमा अग्रता प्राप्त गरेको छ ।
बेलकोटगढी एमाले उम्मेदवार केशवराज पाण्डेको गृहनगर पनि हो । उहाँ भने निकै काम मतसहित तेस्रो हुनुभएको छ । त्यस्तै नेपाली कांग्रेसको जगदिश्वरनरसिंह केसीले ४४१९ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेको केशवराज पाण्डेले ३४१९ मत प्राप्त गर्नुभएको छ । नेकपाका हिरानाथ खतिवडाले २२०८ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १८:०७










