नुवाकोट १ मतगणना जारीः रास्वपा पहिलो हुँदा एमाले चौथो
२२ फागुन, नुवाकोट । नुवाकोट १ मा रास्वापाका डा विक्रम तिमल्सिनाले अग्रता थप फराकिलाे बनाउनु भएको छ । उहाँले १५१० मतसहित अग्रता लिनुभएको हो ।
दोस्रोमा कांग्रेसका डा प्रकाशरण महत हुनुहुन्छ उहाँले १०५५ मत प्राप्त गर्नुभएको छ । तेस्रोमा नेकपाका हितबहादुर तामाङ हुनुहुन्छ । उहाँले ८९० मत प्राप्त गर्नुभएको छ ।
चौँथोमा एमालेका बद्री मैनाली हुनुहुन्छ । उहाँले ७७२ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म ककनीको वडा नम्बर १ र २ को ४१७९ मत गणना सकिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १७:५६










