२२ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 7 2026

झापा ५ मा ओलीको भन्दा ५ गुणा बढी मतसहित अघि बढे बालेन

२२ फागुन, झापा । झापा ५ नम्बर क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा पाँच गुणा बढी मतसहित रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनले अग्रता लिनुभएको छ ।

अहिलेसम्म प्राप्त मतविवरण अनुसार बालेन ९२५३ मतान्तरमा अघि हुनुहुन्छ । उहाँले ११९४५ मत प्राप्त गर्नुभएको छ भने ओलीले २६९२ मत प्राप्त गर्नुभएको छ ।

झापा ५ मा कांग्रेसको उम्मेदवारी भए पनि एमालेका लागि समर्थन गर्ने सहमति गरेको थियो भने त्यसको बदलामा चितवन २ मा कांग्रेसले एमालेको सहयोग लिएको थियो । यस विषयमा एमाले नेता समेत रहनुभएको चितवन २ का उम्मेदवार अस्मिन घिमिरेले बिहीबार सञ्चारमाध्यममा जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १७:२२