नुवाकोट १ मा डा विक्रम तिमल्सिना पहिलो, हितबहादुर तामाङ चौँथो
२२ फागुन, नुवाकोट । नुवाकोट १ मा रास्वापाका डा विक्रम तिमल्सिनाले सुरूवाती अग्रता लिनुभएको छ । उहाँले ७८० मतसहित अग्रता लिनुभएको हो ।
दोस्रोमा एमालेका बद्री मैनाली हुनुहुन्छ ।
उहाँले ५८७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रोमा कांग्रेसका डा प्रकाशरण महत हुनुहुन्छ । उहाँले ५२३ मत प्राप्त गर्नुभएको छ । चौँथोमा नेकपाका हितबहादुर तामाङ हुनुहुन्छ उहाँले ४१२ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म ककनीको वडा नम्बर १ पुरै र २ को एउटा मतदान केन्द्रको मतगणना सकिएको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १६:३६










