२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

रसुवामा कांग्रेसका मोहन आचार्यको अग्रता कायमै

२२ फागुन, रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य पाँच हजार ३११ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

आज दिउँसो २ः३० सम्म १२ हजार ४२९ मत गणना हुँदा रास्वपाका वसन्त भट्टले दुई हजार ९८३, नेकपा (एमाले) का प्रेमबहादुर तामाङले २२५६मत प्राप्त गर्नुभएको छ ।

यहाँ कुल ४१ हजार ४७१ मतदाता रहेकामा २५ हजार ४५८ ले मतदान गका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १५:२४