२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

नुवाकोट २ मा रास्वपाका लामिछानेको मतान्तर थप फराकिलो

२२ फागुन, नुवाकोट । नुवाकोट २ मा रास्वपाका डा अच्युतम लामिछानेले अग्रता फराकिलो बनाउनु भएको छ । नेकपा एमालेको आधारइलाका दाबी गरिएको बेलकोटगढी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ९, १२ र १३ नम्बरको मत गणना सम्पन्न हुँदा लामिछानेले ५४२४ मतसहित अग्रता लिनुभएको छ ।

उहाँ कांग्रेसका उम्मेदवार जगदिश्वरनरसिंह केसी भन्दा २५२० मत बढी प्राप्त गर्नुभएको छ । केसीले २९०४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो स्थानमा उक्लिएको एमालेका उम्मेदवार केशवराज पाण्डेले २४९३ मत प्राप्त गर्नुभएको छ । उहाँ नेकपाको उम्मेदवार हिरानाथ खतिवडा भन्दा ७२५ मतले अघि हुनुहुन्छ । खतिवडाले १७६८ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १५:१०