२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

नुवाकोट २ मा १३९८ मतान्तरसहित अघि बढे अच्यूतम लामिछाने

२२ फागुन, नुवाकोट । नुवाकोट २ मा रास्वपाका डा अच्युतम लामिछानेले अग्रता फराकिलो बनाउनु भएको छ । नेकपा एमालेको आधारइलाका दाबी गरिएको बेलकोटगढी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ६ र १३ नम्बरको मत गणना सम्पन्न हुँदा लामिछानेले ३२९६ मतसहित अग्रता लिनुभएको छ ।

उहाँ कांग्रेसका उम्मेदवार जगदिश्वरनरसिंह केसी भन्दा १३९८ मत बढी प्राप्त गर्नुभएको छ । केसीले १८९८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो स्थानमा उक्लिएको एमालेका उम्मेदवार केशवराज पाण्डेले १५५४ मत प्राप्त गर्नुभएको छ । उहाँ नेकपाको उम्मेदवार हिरानाथ खतिवडा भन्दा ४८ मतले अघि हुनुहुन्छ । खतिवडाले १५०६ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १४:३७