झापा-५ मा एमाले अध्यक्ष ओली धेरे पछाडि, मतान्तर बढाउँदै बालेन
२२ फागुन, काठमाडौँ । झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओली निकै पछाडि पर्नुभएको छ । ७ हजार ६५१ मत गन्दा ओलीले १ हजार २५४ मत पाउनुभएको छ ।
रास्वपा उम्मेदवार बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउनुभएको छ । बालेनले ५ हजार २५४ मत पाउनुभएको छ ।
यस्तै, श्रम संस्कृति पार्टीका समिर तामाङले ३२५ मत प्राप्त गर्नुभएको छ । यसैगरी, कांग्रेसकी मन्धरा चिमरियाले १८५, नेकपाका रञ्जित तामाङले १२९ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १११ मत पाउनुभएको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १३:४६










