२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेको अग्रता कायमै

२२ फागुन, दमौली (तनहुँ) । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा स्वर्णिम वाग्लेले दुई हजार ९२८ मत प्राप्त गर्नुभएको छ ।
यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले एक हजार १०१ प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ८६ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा देवघाट गाउँपालिकाको छ हजार ५६६ मतगणना भएकामा छ हजार २३४ मत सदर भएको छ ।

यस क्षेत्रमा कुल एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १६ जना प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ११:५१