२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

तेह्रथुममा एमालेका भानुभक्त ढकालको अग्रता कायमै

२२ फागुन, काठमाडौँ । तेह्रथुमको पछिल्लो मतगणना परिणामअनुसार नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै रहेको छ ।

ढकालले २ हजार ५६७ मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले २ हजार ५३९, रास्वपाका सुरेन्द्र कार्कीले २ हजार १५४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्रकुमार लिम्बुले १ हजार ३५१ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बुले २३२ मत प्राप्त गर्नुभएको छ । ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ११:४१