काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी
२२ फागुन, काठमाडाैँ । रास्वपाकी रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । दर्शना काठमाडौँ क्षेत्र नम्बर १ बाट विजयी हुनुभएकाे हाे ।
दर्शनाले १५ हजार ४५४ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे।
यो क्षेत्रबाट नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाउनुभएकाे छ । यस्तै, राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गर्नुभएकाे छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ११:२८










