१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

नेकपाका नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख

२८ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत हनुहुन्छ । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उपचारमा सुधार नभएपछि यही माघ २५ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

अधिकारीलाई श्वासप्रश्वासलगायत समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । अधिकारीको स्वास्थ्य सामान्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डा भगवान कोइरालाले जानकारी दिए । “उहाँ (पूर्वउपप्रम अधिकारी) को स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको छ”, उनले भने । अधिकारीको उपचारमा डा अर्जुन कार्की, डा राजु पँगेनी, डा कोइराला, डा मनबहादुर केसीलगायत संलग्न रहेका छन । अधिकारीकी धर्मपत्नी सबिता अधिकारीका अनुसार मेडिसिटी अस्पतालमा एक महीना राख्दा पनि सुधार नआएपछि ह्याम्स अस्पताला भर्ना गरिएको हो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार ०८:५८