नुवाकोट २ मा रास्वपाका डा अच्युतम लामिछानेको सुरूवाती अग्रता
२२ फागुन, नुवाकोट । नुवाकोट २ मा रास्वपाका डा अच्युतम लामिछानेले सुरूवाती अग्रता लिनुभएको छ । उहाँले ८९५ मतसहित अग्रता कायम गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीले ६२४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमालेका केशवराज पाण्डेले ४१६ मत प्राप्त गर्नुभएको छ त्यस्तै नेकपाका हिरानाथ खतिवडाले ३०५ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म बेलकोटगढी नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १०:४७








