हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी हुँदै
२१ फागुन, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको मतपेटिका ढुवानी नेपाली सेनाको हेलिकप्टर मार्फत हुँदैछ ।
यसका लागि हेलिकप्टर लिमीको तील, जाङ, हल्जी सोही गाउँपालिका–४ को चालाको मतपेटिका ढुवानीका लागि हेलिकप्टर हुम्ला पुगेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो । आज उत्तरी लिमीको सुनखानी मावि मतदान केन्द्र हल्जी मतदान केन्द्रको मात्रै मतपेटिका ढुवानी हुने भएको छ भने बाँकी मतदान केन्द्रका मतपेटिका शुक्रबार ढुवानी हुने भएको उहाँले बताउनुभयो ।
हल्जीको सुनखानी मतदान केन्द्रमा १६४ मत खसेको छ । बाँकी रहेका तील, जाङ र चालाका मतपेटिका शुक्रबार मात्रै ढुवानी हुने भएको छ ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १८:४०










