शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा चुनाव सम्पन्न भयोः प्रचण्ड
२१ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न भएको बताउनुभएको छ ।
उहाँले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति धन्यवाद समेत दिनुभएको छ ।
चुनाव सम्पन्न भएपछि आज फेसबुकमा लेख्दै उहाँले भन्नुभएको छ, ‘एउटा जटील राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधि सभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ। म नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवम संपुर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले प्रणालीलाई अझ सुदृढ बनाएको उहाँको भनाइ छ।आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १८:०९










