२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

बागलुङ–१ मा क्रियापुत्रीले गरे मतदान

२१ फागुन, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गर्नुभएको छ । आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैठौँ दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गर्नुभएको हो ।

आमाको काजक्रियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उहाँले बताउनुभयो । राना नेपाली कांग्रेस काठेखोला–३ का वडा सभापतिसमेत हुनुहुन्छ । उहाँले भन्नुभयो, “चुनाव भनेको सही नेतृत्व चयन गर्ने महत्वपूर्ण दिन भएकोले मैले यो अवसरलाई गुमाउन चाहिँन ।”

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १६:३८