२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

गण्डकी प्रदेशमा खस्यो ४८ प्रतिशत मत

२१ फागुन, गण्डकी ।आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ । प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (३ः४० बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिनुभयो । सबै जिल्लामा उत्साहपूर्ण रूपमा मतदान भइरहेको उहाँले बताउनुुभयो ।
गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ जना मतदाता रहेका छन्, जसमा महिला नौ लाख ५५ हजार ५१६ जना, पुुरुष नौ लाख १४ हजार ५३५ जना र अन्य १४ जना रहेका प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १६:०८