२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

२ बजेसम्म देशभर खस्यो ६२ लाख मत

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ ।

देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो ।  सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १५:१५