मतदानमा उत्साहजनक सहभागिता जनाउन मन्त्री श्रद्धा श्रेष्ठको आग्रह
२१ फागुन, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्र सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहने भएकाले मतदानमा उत्साहजनक सहभागिता जनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
उहाँले आज काठमाडौँको भद्रकाली प्राथमिक विद्यालय, खड्का भद्रकालीस्थित (ग) मतदान केन्द्रबाट मतदान गरेपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै सो प्रतिक्रिया दिनुभएको हो । मन्त्री श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सबै मतदातालाई आग्रह गर्नुभयो ।
“आजको ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेर मैले मेरो नागरिक कर्तव्य पूरा गरेँ । तपाईँहरूले पनि आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुभएको छ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १४:१३








