२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

देशभर मध्याह्न १२ बजेसम्म खस्यो १८ प्रतिशत मत

२१ फागुन, काठमाडौं।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ । मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ (करिब १८ प्रतिशत) मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

हाल देशभर उत्साहपूर्ण रुपमा मतदान जारी रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १३:०५