जनमत पार्टीका अध्यक्ष डा राउतद्वारा मतदान
२१ फागुन, सप्तरी ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को महदेवा गाउँपालिका–२ स्थित देवनारायण आमला आधारभुत बिद्यालय मतदान केन्द्रबाट मतदान गनुभएको छ ।
उहाँ यस क्षेत्रबाट दोश्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ । डा राउत यसअघि २०७९ सालको आमनिर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित हुनुभएका थियो ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १२:१७








