१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

कम्युनिष्ट सरकारले नै  वृद्धभत्ता ५ हजार पुर्‍याउने उपप्रधानमन्त्री पोखरेलकाे प्रतिवद्धता 

२७ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेकै सरकारले वृद्धभत्ता मासिक ५ हजार पुर्‍याउने प्रतिवद्धता  गरेका छन् । चुनावी  कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने पाेखरेलकाे दावी छ ।

आइतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले अाफुहरूले जे कबुल गरेकाे थियाे त्यो कबुल गरेअनुसार  प्रत्येक महिना जेष्ठ नागरिकलाई यो कार्यकालमा ५ हजार भत्ता पुर्‍याउने बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले वृद्धहरुका लागि १ लाख रुपैयाँको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अब मासिक पाँच हजार भत्ता दिने कामलाई सुरु गर्ने पनि बताए । सरकारले रोजगारीको अवसर सृजना गर्न फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्न लागेको पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आईतवार १८:३१