२१ फाल्गुन २०८२, बिहीबार | Fri Mar 6 2026

कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

२१ फागुन, मोरङ । नेपाली कांग्रेसका डा शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
मोरङ क्षेत्र नं ६ का उम्मेदवारसमेत रहनुभएका डा शेखर कोइरालाले मतदानपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको आपसी सहकार्य र समन्वयबाट मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १२:०१