२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीयले गरे मतदान बहिष्कार

२१ फागुन, काठमाडौं । ओखलढुंगाको एक मतदान केन्द्रमा  स्थानीयले मतदान बहिष्कार गरेका छन् । मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित टोक्सेल भन्ने मतदान केन्द्रमा बिहीबार बिहान साढे १० बजेसम्म कोही पनि मतदान गर्न नआएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिनुभयो ।

उक्त मतदान केन्द्रमा ७०१ जना मतदाता छन्।  प्रदेश सरकारले यस क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने भनेको थियो। तर प्रादेशिक अस्पताल बनाउने काम सुरू नगरेको विरोधमा मतदाताहरूले मतदान बहिष्कार गरेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार ११:०७