दोलखाकाे मालु मतदानस्थलमा रोकियो मतदान
२१ फागुन, काठमाडौं । दोलखाको मतदान स्थलमा विवाद हुँदा मतदान रोकिएको छ। तामाकोशी गाउँपालिका(४ को मालु मतदानस्थलमा विवाद भएपछि मतदान रोकिएको हो।
निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि नाराबाजी सुरु भएको थियो ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार ११:००










