१८ वर्षपछि विप्लवले गरे रोल्पाबाट मतदान
२१ फागुन, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले १८ वर्षपछि मतदान गर्नुभएको छ । २०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका उनले १८ वर्षपछि मात्रै मतदान गर्नुभएको हो ।
विप्लवले परिवर्तन गाउँपालिका-३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गर्नुभएको हो ।
प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १०:२१










