२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

एमालेका महासचिव शङ्कर पोखरेलले गरे मतदान

२१ फागुन, दाङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत दाङ क्षेत्र नं २ मा उम्मेदवारी दिनुभएका एमाले महासचिव पोखरेलले सो विद्यालयको (क) मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको मतदान अधिकृत अशोक चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार ०९:२६