एकैदिन तोलामा ११ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
२० फागुन, काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ११ हजार रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ५ हजार ८ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार ताेलामा २ सय ७५ रूपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार ११:१०










