१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

मेटलाइफ नेपालद्वारा स्याङ्जा र चन्द्रौटामा नयाँ कार्यालयहरू उद्घाटन

१९ फागुन, काठमाडाैं । मेटलाइफ नेपालले आफ्नो देशव्यापी पहुच विस्तार गर्दै गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको चन्द्रौटामा दुई नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेको छ । यस विस्तारले विश्वसनीय बीमा सुरक्षा सेवा देशभर सहज रूपमा उपलब्ध गराउने मेटलाइफ नेपालको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

यी नयाँ कार्यालयहरूको सञ्चालन मेटलाइफ नेपालको वित्तीय सुरक्षालाई व्यक्ति, परिवार तथा व्यवसायसम्म अझ नजिक पुर्‍याउने निरन्तर प्रयासको अर्को महत्वपूर्ण उपलब्धि भएको समेत कम्पनीले जनाएको छ । स्याङ्जा र चन्द्रौटामा सेवा विस्तारसँगै अब त्यहाँका ग्राहकहरूले बीमा सम्बन्धी परामर्श, व्यावसायिक सहयोग तथा सहज सेवा सुविधा लिन टाढाका सहर धाउनुपर्ने आवश्यकता रहने छैन ।

स्याङ्जा र चन्द्रौटा कार्यालयहरूले बीमा परामर्श, प्रस्ताव दर्ता सहयोग, प्रिमियम संकलन तथा ग्राहक सेवा सहयोग लगायतका सम्पूर्ण बीमा सेवाहरू प्रदान गर्नेछन्। । मेटलाइफ नेपालको व्यावसायिकता र ग्राहककेन्द्रित सेवामा विशेष ध्यान दिँदै यी कार्यालयहरूले स्थानीय स्तरमै गुणस्तरीय सेवा सुनिश्चित गर्नेछन् । । स्थानीय उपस्थितिमार्फत मेटलाइफ नेपालले ग्राहकसँग अझ गहिरो सम्बन्ध निर्माण गर्दै दीर्घकालीन वित्तीय सुरक्षाको योजना बनाउन व्यापक समुदायलाई सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

यस अवसरमा मेटलाइफ नेपालका जेनेरल मेनेजर निर्मल काजी श्रेष्ठले भने, ‘एजेन्सी कार्यालयहरूको विस्तारमार्फत हामी थप नेपालीलाई आत्मविश्वासी भविष्य निर्माण गर्न सहयोग गर्ने मेटलाइफ नेपालको उद्देश्यसँग समन्वय गर्दैछौं । विश्वसनीय बीमा समाधानमा सहज पहुँच हुँदा स्थानीय समुदायले सूचित निर्णय लिन र आर्थिक रूपमा अझ सबल बन्न सक्ने विश्वास हामी राख्दछौं ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १७:३२