१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदको शपथ फागुन २५ गते

१९ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते हुने भएको छ। फागुन २५ गते कानून, न्याय तथा मानव अधिकार समितिको हल, सिंहदरबारमा दिनको २ बजे शपथ कार्यक्रम हुने सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेय बताउनुभयाे ।

शपथ कार्यक्रममा एक घण्टा अगावै औपचारिक वा आफ्नो पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक-एकप्रति सहित उपस्थिति हुन आग्रह गरिएकाे छ ।

सूचनामा भनिएको छ, ‘नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनुहुने सदस्यले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० बमोजिम शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको एक प्रति २०८२ साल फागुन २४ आइतबारसम्म सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउनुहुन समेत अनुरोध गर्दछु।’

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १६:४२