दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
१९ फागुन, काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिर दाउरा थकालीमा आगलागी भएको थियो ।
ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार आगलागीमा कुनै मानवीय क्षति भएको छैन। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।
प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १६:२८










