१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

भीम अस्पतालमा ‘र्यापिड एक्सन टास्क फोर्स’ गठन

१९ फागुन, रुपन्देही । भैरहवास्थित भीम अस्पतालमा ‘र्यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको छ । डा मदन अधिकारीको संयोजकत्वमा गठन गरिएको उक्त फोर्सको सदस्यहरुमा डा विनोद खनाल, डा आरिफ हुसेन, डा रवि शुक्ला, नारायणसिंह कोइरी, भेषनारायण चौधरी, ईश्वरी ज्ञवाली, बन्दना पँगेनी र जनकराज पन्त हुनुहुन्छ ।

पर्सि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी ‘र्यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको भीम अस्पतालको प्रमुख डा वर्षा थापाले जानकारी दिनुभयो । सिद्धार्थनगर नगरपालिका–१३ मा अवस्थित भीम अस्पताल १९९० सालमा स्थापना भएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १४:३५