१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

स्रोत नखुलेको ४ लाख ६२ हजार नगदसहित एक जना पक्राउ

१९ फागुन, मोरङ । स्रोत नखुलेको ४ लाख बढी नगदसहित एक जना पक्राउ परेका छन् । कटहरी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ४ लाख ६२ हजार ५ सय रूपैयाँसहित जहदा गाउँपालिका-२ बस्ने २४ वर्षीय विशाल टुडुलाई गए राति प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ६६१० नम्बर पिकअप गाडी जाँच गर्ने क्रममा चालक विशालको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १२:१४