जानकी फाइनान्सको सीइओमा पुनः दिनेश कुमार शर्मा नियुक्त
१९ फागुन, काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त हुनुभएको छ ।
फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन २९ गतेदेखि लागू हुनेगरी कम्पनीको सीइओमा उहाँलाई दोस्रो कार्यकार (चार वर्षका लागि) पुनः नियुक्त गरेको हो ।
प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार ११:५२










