१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

१९ फागुन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार बिहान पौने ९ बजे काठमाडौं(३१ मिनभवनस्थित सिभिल अस्पताल अगाडि फोहोर बोक्ने टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

बा. २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले प्र. ३ -००१ ब. ९४५ को सरकारी नम्बरको सरकारी नम्बर प्लेटको स्कुटरलाई ठक्कर दिएको हो।

स्कुटरमा सवार सुनसरी इनर्वा नगरपालिका-५ घर भई भक्तपुर लोकन्थली बस्ने ४८ को बद्री कोइराला गम्भीर घाइते हुनुभएकाे थियाे। उहाँको उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हाे । टिपर चालक गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्ष विकाश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १०:३३