१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

सुकेधारा र नैकापमा गाडीमा आगजनी

१९ फागुन, काठमाडौं । काठमाडौंको  सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको छ । सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताउनुभयो ।

प्रहरी उपरीक्षक भट्टराईले मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको जानकारी दिनुभयो ।   प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १०:०७