१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

अमेरिकी नागरिकलाई तत्काल मध्यपूर्व छाडेर बाहिरिन आग्रह

१९ फागुन, काठमाडौँ । अमेरिकाले मध्यपूर्वका देशमा रहेका आफ्ना नागरिकहरूलाई सक्दो चाँडो बाहिरिन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा ‘गम्भीर सुरक्षा जोखिम’ भन्दै अमेरिकी नागरिकलाई तुरुन्तै व्यावसायिक उडान प्रयोग गरेर ती देशहरु छोड्न आग्रह गरेको हाे ।

ती देशहरूमा बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन समावेश छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १०:०१