१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

मुस्ताङमा पनि दुर्घटनामा परेर निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

१८ फागुन, काठमाडाैँ । मुस्ताङमा पनि निर्वाचनमा खटिएका एक कर्मचारीको मृत्यु भएको छ ।  मुस्ताङमा मोटरसाइकल दुर्घटनामा परेर निर्वाचनमा खटिएका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयमा कार्यरत घतानेको मृत्यु भएको हो । घताने आइतबार राति ८ बजे दुर्घटनामा पर्नुभएको थियो । घताने निर्वाचनका लागि बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर २ को झोङमा खटिनुभएको थियो ।

यसैबीच रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा सोमबार साँझ नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोर प्रसाद घिमिरेको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १९:१२