रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भिरबाट खस्यो
काठमाडौं । रामेछापमा निर्वाचन कर्मचारीको टोली चढेको गाडी दुर्घटना भएको छ । मन्थलीबाट रामेछाप-२ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिरमा खसेको हाे ।
यस सम्बन्धमा थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १७:०९










