१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

१८ फागुन, काठमाडौं । महोत्तरी क्षेत्र नं १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेकपा एमाले प्रवेश गर्नुभएको छ । गुप्ता सोमबार एमाले प्रवेश गर्नुभएको हो ।

 गुप्तालाई एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलगायतले पार्टीमा स्वागत गर्नुभएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १६:५२