महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा, क -कसले किन्न पाउँछन् ?
१८ फागुन, काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि यो सेयर बिक्रीमा राखेको हो ।
बैंकले सेयर संख्या खुलाएको छैन । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
साथै, निर्धारित समयअवभित्र उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १५:२७










