१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न युद्धविराम र कूटनीति उपाय अपनाउन चीनको आह्वान

१८ फागुन, बेइजिङ । चीनले मध्यपूर्वमा दिनानुदिन भड्किरहेको द्वन्द्व अन्त्य गर्न युद्धविराम तथा कूटनीतिक वार्ता को माध्या प्रयोग गर्न गर्नको लागि सोमबार आह्वान गरेको छ ।

हाल इजरायल र संयुक्त राज्य अमेरिकाले इरान र लेबनानमा निरन्तर आक्रमण गर्दै आएका छन्, भने द्वन्द्व क्षेत्रीय छिमेकी देशहरू सम्म फैलिएको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा बोल्दै द्धन्द्ध अन्येका लागि सबै भन्दा पहिले सैन्य कारबाहीको तत्काल अन्त्य र द्वन्द्वको फैलावट रोक्नु पर्ने जनाउदै वार्ताको माध्यमबाट समस्याको समाधान“ गर्न आग्रह गर्नु भएको छ ।

तेहरानमा द्वन्द्वको परिणामस्वरूप एक जना चिनियाँ नागरिक मारिएको उहाँले बताउनु भएको छ । जहाँ इजरायल र संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रको सर्वोच्च नेताको हत्या गरेको छ भने अपरेसन र आक्रमण गरिरहेको छ ।

“विदेश मन्त्रालयले इरानमा रहेको चिनियाँ दूतावासलाई पिडित व्यक्ति र परिवारलाई सहयोग गर्न निर्देशन दिएको माओले बताउनु भएको छ ।

बेइजिङले गत हप्ता आफ्ना नागरिकहरूलाई “वर्तमान सुरक्षा अवस्थाको बारेमा सजग गराउदै इरानको यात्रा नगर्न चेतावनी दिएको थियो ।यसै बिच सोमबार सम्म तीन हजार भन्दा बढी चिनियाँ नागरिक इरान छोडेर गएको जनाइएको छ । इरानको रिभोलुसनरी गाड्र्सले इजरायल र अमेरिका विरुद्ध इतिहासमा “सबैभन्दा हिंस्रक“ अपरेसन सुरु गर्ने वाचा गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार १५:०१