१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

चैत १५ गते संघीय संसदमा राष्ट्रपतिको सम्बोधन


१२ चैत, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा यही चैत १५ गते सम्बोधन गर्ने भएकी छिन ।

चैत १५ मा संघीय संसदलाई राष्ट्रपतिले सम्बोधन गर्ने सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । १५ गते ४ बजे भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति भण्डारीले पहिलो पटक संसदलाई सम्बोधन गर्न लागेकी हुन ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १४:५६