प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । सोमबार दिउँसो उहाँले राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले समसामयिक राजनीतिक विषयवस्तु, विशेषगरी आसन्न निर्वाचनको सन्दर्भलाई केन्द्रमा राखेर राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार ११:४०










