१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

रौतहटको राजपुरमा बम भेटियो, घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली

१८ फागुन, राैतहट । रौतहटको राजपुर नगरपालिका–६, स्थित नगरपालिकातर्फ जाने मुख्य सडकमा बमजस्तो शंकास्पद वस्तु फेला परेको छ । आज बिहानै स्थानीयले सडकमा कालो ड्रमले छोपेर ‘बम’ लेखिएको वस्तु देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए । त्यसलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पार्ने काम गरिरहेको छ । सुरक्षाको दृष्टिले आसपासको क्षेत्र खाली गराइएको छ भने सर्वसाधारणलाई सो स्थान नजिक नजान अनुरोध गरिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार ०९:२२